काठमाडौं, ८ फागुन । रास्वपाले रुपन्देहीको भैरहवामा भोलि गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगन गरेको छ । रास्वपाका उपसभापति डोल प्रसाद अर्यालले प्रदेश समन्वय सचिव अर्जुन अधिकारीलाइृ पत्राचार गर्दै भोलिको सभा स्थगन गरिएको जानकारी गराएका छन् ।
अर्यालले गरेको पत्राचारमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही फागुन ९ गते रुपन्देहीको भैरहवामा परिवर्तन उद्घोष सभ ागर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन् गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउँदछौं । यस निर्णयबाट यहाँहरुमा पर्नसक्ने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै यहाँहरुको साथ, सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु ।’
कतिपयले भने हिजो दाङमा रास्वपाका कार्यकर्ताहरुले एमालेको झण्डा जलाएकोले त्यसको प्रतिरोध हुनसक्ने सूचना पाएपछि रास्वपाले भोलिको उद्घोष सभा स्थगन् गर्न लागेको भनेर विश्लेषण गरेका छन् । एमाले महासचिव, एमालेसम्वद्ध युवा दस्ता युथ फोर्स भोलिन्टियर्सले पनि प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।





प्रतिक्रिया