भदौ २३ र २४ गतेको घटनाको प्रतिवेदन बाहिर ल्याउन भ्रष्टाचार उन्मुलन राष्ट्रिय अभियानको माग, ‘कथित चुनाव स्थगन् गर्नुपर्छ’


काठमाडौं, ८ फागुन । भ्रष्टाचार उन्मुलन राष्ट्रिय अभियान बानेश्वर, काठमाडौंले भदौ २३ र २४ गतेको घट्नाको सम्बन्धमा छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद पटक पटक थप्ने काम गरेको भन्दै अभियानले असन्तुष्टि पोखेको छ । घट्नाको प्रतिवेदन सार्वजनिक नगरिकन तत्कालिन सरकारको नेतृत्व गर्ने र विध्वंशसकारी दुवै पक्षलाई सफाई दिनको लागि निर्वाचनमा भाग लिने वातावरण बनाएकोमा पनि अभियानले आपत्ति जनाएको छ ।

तत्काल आयोगको प्रतिवेदन सार्वजनिक गरी घटनाका मतियारहरुलाई कारबाहीको दायरामा ल्याईनुपर्ने पनि अभियानको माग छ । अभियानले यो निर्वाचनलाई कथित निर्वाचनको संज्ञा दिँदै तत्काल स्थगन् गर्न भनेको छ ।