दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक व्यक्ति पक्राउ


काठमाडौं, ८ फागुन । नेपाल प्रहरीले दाङमा एमालेको झण्डा जलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । हिजो फागुन ७ गते राति ९ः३० बजेको सयमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा एमालेको झण्डा जलाईएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा घट्नामा संलग्न रहेको पहिचान भएका तुलसीपुर कालाखोला बस्ने वर्ष ५५ को बुद्धि बहादुर बस्नेतलाई आज पक्राउ गरेको हो । प्रहरीले यो घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी कार्य जारी रहेको जनाएको छ । निर्वाचनको समयमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्नको लागि अनुरोध गरेको छ ।