काठमाडौं, फागुन ९ । कैलालीको गोदावरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोल बस्ने २२ वर्षीय हरिश ओली, गौरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका-१ बस्ने २६ वर्षीय हरि पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक गम्भीर छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया