यस्तो छ एमाले अध्यक्ष ओलीको आज झापामा सहभागी हुने चुनावी कार्यक्रम


काठमाडौं, फागुन ९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापाका विभिन्न स्थानमा हुने चुनाव केन्द्रित कार्यक्रममा सहभागी हुने भएका छन् ।

क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका ओलीले आज बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनले आयोजना गर्ने कार्यक्रम तथा भेटघाटमा सहभागी हुनेछन् ।