दोलखा,९ फागुन । दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलिरहेको छ । सो क्रममा कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले परित्याग गरी थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा शनिबार आयोजित एक कार्यक्रमबीच एमाले नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए) र सन्ते थामी (बी) कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरे । सोही अवसरमा धनकुमार थामी, निरमाया थामी र धनबहादुर थामी आफ्नो पुरानो घर नेपाली कांग्रेसमै फर्किएका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा नयाँ पुस्ता (जेन-जी) का युवाहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ । देवबहादुर थामी र सञ्जय थामी लगायतका युवाहरू कांग्रेसको विचार र नेतृत्वबाट प्रभावित भई पार्टीमा भित्रिएका हुन् ।
पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। अजयबाबु शिवाकोटी जस्तो स्वच्छ छवि भएका, भ्रष्टाचार विरोधी र प्रखर युवा उम्मेदवार चुनावी मैदानमा आएपछि एमाले र नेकपाका कार्यकर्ताहरूमा समेत उत्साह थपिएको स्थानीयको बुझाइ छ ।
नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि शिवाकोटी जस्तो जुझारु नेतृत्वको आवश्यकता महसुस गर्दै आफूहरूले वर्षौँदेखिको पार्टी साइनो तोडेर कांग्रेस रोजेको बताएका छन् ।




प्रतिक्रिया