वासिङ्टन, ९ फागुन । अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागु–औषध तस्करी गर्नेहरू विरुद्ध आक्रमण सुरु गरेको जनाउँदै आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ । संयुक्त टास्क फोर्स साउदर्न स्पियरले आतङ्कवादी सङ्गठनहरूद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जनाइएको छ भने युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समार्फत कारबाहीका क्रममा नार्को–तस्करी मार्गमा तीन जना नार्को–आतङ्कवादी मारिएको पुष्टि गरेको छ ।
पोस्टमा आक्रमणको भिडियो समावेश गरिएको थियो भने यसमा बम प्रहार र आगो लाग्नुअघि डुङ्गाको हवाई दृश्य देखाइएको थियो ।
संयुक्त राज्य अमेरिकाले सेप्टेम्बरको सुरुमा कथित तस्करी डुङ्गाहरूलाई लक्षित आक्रमण सुरु गरेपछि १५० जनाको मृत्यु हुनुका साथै दर्जनौँ जहाज नष्ट भएको जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले अवैध गतिविधिको निश्चित प्रमाण विना निरन्तर आक्रमण गरेको भन्दै कानूनविदहरूले मृत्युका अतिरिक्त अन्य कारवाही गर्ने सकिने विचार व्यक्त गरेका छन् ।
आक्रमण लागु–औषध तस्करी विरुद्ध लड्न अत्याआवश्यक रहेकोमा जोड दिँदै ट्रम्प प्रशासनले उनीहरुको मृत्यु अभियानको एक हिस्सा भएकोका जनाएको छ ।
अमेरिकाले दक्षिण अमेरिकाको तटमा सेना पनि तैनाथ गरी तेल ट्याङ्करहरूसमेत कब्जा गरेको जनाइएको छ भने भेनेजुएलाका वामपन्थी नेता निकोलस मादुरोलाई कब्जा गर्ने आश्चर्यजनक छापा मारेको छ ।
मादुरो लागु–औषध र हतियारको आरोपमा मुद्दाको पर्खाइमा अमेरिकामा जेलमा छन् भने आफू निर्दोष रहेको दाबी गरेका छन् । रासस




प्रतिक्रिया