रास्वपालक्षित एमाले महासचिवको टिप्पणी : नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्याउन खोजिरहेका छन्


काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेलले नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्याउन खोजिरहेको टिप्पणी गरेका छन् । उनले रास्वपालाई लक्षित गरेर विध्वंस मच्चाउनेहरुले नयाँको नाम दिएर समाजलाई गलत दिशातर्फ डोर्याउन खोजिरहेको बताएका छन् ।

पोखरेलले आज भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन । उनले भने,‘आज मुलुकलाई विध्वंसको बाटोमा लैजान खोज्नेहरू, भू–राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोज्नेहरू, नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्‍याउने कोसिस गरिरहेका छन्। यस्तो अवस्थामा हामीले राष्ट्रको सुरक्षा, संविधानको रक्षा, लोकतन्त्रको जीवन्तता र जनतालाई अधिकारसम्पन्न बनाउने उद्देश्यका साथ हामी निर्वाचनमा सहभागी हुनुपर्दछ।’ file photo