काठमाडौं, ९ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन् । उनले जनताबाट फ्याँकिएको व्यक्तिले भ्रम छरेको भन्दै आपत्ति जनाएका हुन् ।
नेकपाको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताबाट फ्याँकिएका मान्छेहरूले चुनावबारे भ्रम छरेको बताएका हुन् ।
उनले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसहरूले चुनाव हुँदैन, हुनुहुँदैन भन्ने कुरा गरेका छन्। म पाटीको तर्फबाट भन्छु यस्ता कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु।’ सो क्रममा उनले यो निर्वाचनमा नेकपा पहिलो दल बन्ने दाबी गरे ।




प्रतिक्रिया