काठमाडौं, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीको तर्फबाट प्रधानमन्त्रीका भावी उम्मेदवार बालेन्द्र शाह झापा पुगेका छन् । उनी आफ्नो निर्वाचन अभियानको लागि झापा पुगेका हुन् । यसपटक शाह झापा–५ मा उम्मेदवार छन् ।
उनको प्रतिष्पर्धा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुँदैछ । चुनावी अभियानको लागि ओली पनि आजै झापा पुगेका छन् । झापा पुगेका ओलीले रास्वपाले चुनाव हार्ने भएपछि जथाभावी गर्न थालेको टिप्पणी गरेका थिए ।
बालेनपनि झापा पुगेर घरदैलो सुरु गरेको बताईन्छ । झापा पुगेपछि उनले ‘सुन्दर पूर्वी तराई’ भनेर लेखेका छन् । उनी सुदूरपश्चिम र कर्णाली प्रदेशको भ्रमण सकेर काठमाडौं आएपछि एक दिन आराम गरेर आज झापा झरेका हुन् ।




प्रतिक्रिया