मंसिर यता १२ जना प्रहरी सम्पर्कविहीन, तत्काल सम्पर्कमा आउन निर्देशन


काठमाडौं, फागुन १०। प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका १२ जना प्रहरीलाई सम्पर्कमा आउन भनेको हो ।

२ जना हबलदार, ९ जना प्रहरी जबान र १ जना कार्यालय सहयोगी सम्पर्कविहीन भएका हुन्। गत मंसिर देखि यता विभिन्न मितिमा आफूखुसी कार्यालयमा गैरहाजीर रहेको भन्दै कार्यालयले एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ।