काठमाडौं, १० फागुन । तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जनता समाजवादी पार्टी, नेपालबाट अलग भएको छ । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले आइतबार प्रेस विज्ञप्ति जारी गरी जसपा नेपालसँग कुनै सम्बन्ध नरहेको भन्दै अलग भएको घोषणा गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘तराई–मधेश लोकतान्त्रिक पार्टी मधेशी, थरुहट, आदिवासी–जनजाति, दलित, मुस्मिललगायतकाहरुको एजेण्डाको निम्ति निरन्तर कार्यरत ररिहने प्रतिबद्धता व्यक्त गर्दै आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रप्रति आस्था राख्ने उम्मेदवारलाई मतदान गर्न सवैसँग अपिल गर्दछौं ।’





प्रतिक्रिया