काठमाडौं, १० फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यले आफ्नो वैवाहिक वर्षगाँठ मनाएका छन् । चुनावी अभियानमा झापामा नै व्यस्त रहेका ओलीले आज ३८औं वर्षगाँठ मनाएका हुन् ।
सो अवसरमा राधिका शाक्यले लेखेको ‘मेरो अनुभूति’ नामक पुस्तकको नवसंस्करण सार्वजनिक गरिएको छ । दमकमा आयोजित समारोहमा दुवै जनाले एक अर्कालाई दुबोको माला लगाएर खुशी साटेका थिए ।






प्रतिक्रिया