काठमाडौं, १० फागुन । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई कास्की पोखराको लिचीबारी घुस प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको छ । आज (आइतबार) विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियारले यो प्रकरणमा तत्कालीन भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित ५ जनाविरुद्ध गत असोज २२ गते घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया