होलीको रंगसँगै ‘हुकुट स्टोर’को धमाका अफर सार्वजनिक


काठमाडौं, ११ फागुन । रंगहरूको पर्व होलीलाई थप उत्साहपूर्ण बनाउँदै काठमाडौंको न्यूरोडस्थित लोकप्रिय ग्याजेट हब हुकुट स्टोरले फाल्गुन १० गतेदेखि २१ गतेसम्म लागू हुने विशेष ‘होली धमाका अफर’ सार्वजनिक गरेको छ। प्रविधिप्रेमी ग्राहकहरूका लागि लक्षित यस अफरले बजारमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।

स्टोरका अनुसार अफर अवधिभर विभिन्न चर्चित ब्रान्डका ल्यापटप, स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक ग्याजेटहरूमा विशेष छुट उपलब्ध हुनेछ। चयनित प्रोडक्टहरूमा एक्सक्लुसिभ डिस्काउन्ट, विशेष गिफ्ट ह्याम्पर तथा अधिकतम १० हजार रुपैयाँसम्म क्यासब्याक सुविधा उपलब्ध रहने जनाइएको छ।

हुकुट स्टोरका संचालक अशोक राज पांडे का अनुसार डिजिटल प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै गुणस्तरीय र आधिकारिक प्रोडक्ट सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो।

उनले भने, “विद्यार्थी, कन्टेन्ट क्रिएटर, अफिस प्रयोगकर्ता र गेमिङ पारखीहरूलाई लक्षित गरी तयार गरिएको यो अफरले होलीको उत्साहसँगै स्मार्ट किनमेलको अवसर प्रदान गर्छ।”

स्टोरले कम्पनी वारेन्टीसहितका आधिकारिक प्रोडक्ट तथा विश्वसनीय सेवामा जोड दिँदै ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको जनाएको छ। सीमित अवधिका लागि मात्र लागू हुने भएकाले ग्राहकहरूलाई समयमै आफ्नो मनपर्ने ग्याजेट छनोट गर्न आग्रह गरिएको छ।

ग्राहकहरूले अनलाइन (hukut.com) तथा न्यूरोडस्थित भौतिक स्टोर दुवै माध्यमबाट खरिद गर्न सक्नेछन्।
न्यूरोड गेटबाट करिब १५० मिटर अगाडि अवस्थित स्टोर गुगल म्यापमार्फत सजिलै भेट्न सकिनेछ। साथै, आधिकारिक टिकटक पेजमार्फत लोकेशन भिडियो पनि उपलब्ध रहेको जानकारी दिइएको छ।