गण्डकी, ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट काठमाडौँ जाँदै गरेको बस गएराति त्रिशूली नदी किनारमा खसेर भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले वक्तव्य जारी गर्दै घटनामा दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र उद्धार, प्रभावकारी उपचार र चाँडो स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार र उपचारमा कुनै कमी हुन नदिन तथा आवश्यक समन्वय र सहयोगका लागि सम्बद्ध सबैमा आग्रह गरेका छन् । रासस




प्रतिक्रिया