दुर्गा प्रसाईंको रिहाइको लागि माइतीघरमा प्रदर्शन


काठमाडौं, ११ फागुन । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै समर्थकहरुले प्रदर्शन गरेका छन् । सार्वजनिक शान्ति भाँड्न खोजेको आरोपमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रसाईंको परिवारले अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेको छ । उक्त रिटमाथि पनि आज सुनुवाई जारी छ ।

उता, प्रसाईंका समर्थकहरु लगातार माइतीघरमा भेला भएर रिहाइको माग गरिरहेका छन् । प्रसाईंको रिटमाथि न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ जारी छ ।