काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा आज पहिलो चुनावी सभालाई सम्बोधन गरेका छन् । उनी झापा–५ बाट उम्मेदवार छन् । यो क्षेत्रमा रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई चुनावी मैदानमा उतारेको छ । आजको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेबाहेक अरू कसैले देश बनाउन नसक्ने बताएका हुन् । उनले निर्वाचनमा बुथ कब्जा हुनसक्ने भन्दै त्यस्तो कल्पनासमेत नगर्न चूनौति दिए ।
ओलीले भने,‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन। एमाले सधैँ अडिग रहँदै आएको छ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन।’ निर्वाचनको क्रममा देशव्यापी रुपमा शान्ति सुरक्षा काम नेशनल भोलेन्टियर्स फोसले गर्ने पनि बताए ।






तस्विर : बालकोट/फेशबुक पेज




प्रतिक्रिया