बर्दिया-१ मा कांग्रेसको पक्षमा जनलहर बढ्दै, ८० बढि युवा कांग्रेसमा प्रवेश


बर्दिया, ११ फागुन । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैं जाँदा बर्दियामा नेपाली कांग्रेसको पक्षमा जनलहर देखिएको छ । बर्दियामा विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको हो । नेकपा एमाले पुर्व नेकपा एमाले बाँके कार्यसमिति सदस्य छविलाल सुवेदी लगायत ८० वढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस प्रवेश गरेकालाई नेपाली कांग्रेसको तर्फबाट बर्दिया १ का प्रत्यासी एवं निवर्तमान केन्द्रीय सदस्य सन्जय गौतमले स्वागत गरेका हुन् । नवप्रवेशी युवाहरूले बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सञ्जय कुमार गौतमलाई विजयी गराउने जिम्मेवारी दृढ संकल्पका साथ ग्रहण गरेका छन्।

कार्यक्रममा देखिएको उत्साह, संगठनात्मक अनुशासन र वैचारिक प्रतिबद्धताले लोकतान्त्रिक मूल्य–मान्यताप्रति युवापुस्ताको बढ्दो विश्वास झल्काएको आयोजकहरूको भनाइ छ। युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई थप सुदृढ बनाउने र भावी राजनीतिक नेतृत्व युवाकै काँधमा सुम्पिनुपर्नेमा बर्दिया क्षेत्र नं. १ का उम्मेदवार गौतमले बताए । उनले बर्दियाली जनताको लागि धेरै गर्नुपर्ने भएको हुँदा आफूलाई अत्याधिक मतले जिताउनका लागि जनताको घर दैलोमा पुगिरहेका छन् ।

नगरस्तरीय भेलाले संगठन विस्तार, युवाशक्ति एकीकरण तथा आगामी निर्वाचन लक्षित रणनीतिमा सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा छ। बर्दियामा देखिएको यो ऊर्जा आगामी दिनमा जिल्लास्तरमै प्रभाव पारेको छ ।