भारतमा एयर एम्बुलेन्स दुर्घटना : चालकदल, डाक्टरसहित विमानमा सवार सात जनाको निधन


काठमाडौं, फागुन १२ । भारतको झारखण्ड राज्यबाट दिल्ली जाँदै गरेको चार्टर्ड विमान (एयर एम्बुलेन्स) दुर्घटनाग्रस्त हुदाँ जहाजमा सवार सबै सात जनाको मृत्यु भएको छ।

स्थानीय समय अनुसार सोमबार साँझ सवा सात बजे विमान राँचीबाट उडेको थियो। साँझ ७ः३४ बजे टावरसँग सम्पर्क विच्छेद भएको विमान त्यसको केही समयपछि विमान झारखण्डको चतरा जिल्लाको सिमरियाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

विमान दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, सहपाइलट सबराजदीप सिंह, बिरामी सञ्जय कुमार, बिरामीका आपन्त अर्चना देवी आर्का आफन्त धुरु कुमार, विमारीको उपचारमा संलग्न डाक्टर विकास कुमार गुप्ता र प्यारामेडिकल स्टाफ सचिन कुमार मिश्रको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।