काठमाडौं, फागुन १२ । आईसीसी टी-२० विश्वकप २०२६ को सुप-८ चरण अन्तर्गत आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै छन् । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे सुरु हुनेछ।
ह्यारी ब्रुकको कप्तानीमा रहेको इंग्ल्याण्डले सुपर-८ को सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ५१ रनले हराउँदै इंग्ल्याण्डले २ अंक जोडेको छ ।
त्यस्तै, पाकिस्तानको सुपर-८ को न्युजिल्यान्ड विरुद्धको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। जसका कारण पाकिस्तानले अंक बाँड्नु परेको थियो। सेमिफाइनलको दौडमा बलियो उपस्थिति जनाउन पाकिस्तानका लागि आजको खेल जित्नैपर्ने दबाब छ।




प्रतिक्रिया