काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण जटिल शल्यक्रियाको तयारीमा रहेकी साम्बाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट पाँच लाख रुपैयाँ एन्फाको ग्लोबल आइएई बैंकमा आर्थिक सहयोग जम्मा गरेको जनाएको उल्लेख छ ।





प्रतिक्रिया