काठमाडौँ, १२ फागुन । यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार संगी श्रेष्ठको ‘अन्तरदृष्टि’ शिर्षकमा एकल चित्रकला प्रर्दशनी भइरहेको छ ।
गत आइतबारदेखि सुरु भएको सो प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । यहाँ राखिएका चित्र हेरेर दर्शकले आत्मिकता महसुस गर्न सकोस भन्ने उद्देश्य राखिएको चित्रकार श्रेष्ठले बताइन् । “प्रत्येक रङ्गले कुनै न कुनै सन्देश बोकेको हुन्छ”, उनले भनिन्, “चम्किला रङ्गले ऊर्जावान अनुभूति गराउँछ भने रातो र निलो रङ्गले रुपान्तरणको भाव बोध गराउँछ ।”
श्रेष्ठले आमाको निधन पछि एकान्तपनको अनुभुति हुँदा सो चित्रहरु कोर्न थालेको बताइन् । माया र ममताको छहारी खोसिँदा भावुक मनलाई उनले क्यानभासमा रंगमार्फत उतारेकी हुन् । प्रदर्शित चित्रहरुमा वैराग्य भाव मात्रै नभई प्रकृतिसँग जोडिएका उमङ्ग झल्किने पात, फुल, पुतलीहरुसमेत रङ्गका माध्यमबाट सुन्दरसँग संयोजन गरेकी छन् । प्रर्दशनीमा ११६ सिर्जना राखिएका छन् । रासस




प्रतिक्रिया