काठमाडौं, १२ फागुन । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका–८ का अध्यक्षसमेत रहेका दनुवार आज (मंगलबार) आयोजित एक कार्यक्रमबीच नेकपामा प्रवेश गरेका हुन् ।
उनलाई नेकपाबाट सिरहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजयशंकर नायक ‘अभिनास’ ले स्वागत गरेका थिए । नेकपाका नेताहरु नेता रामचन्द्र ठाकुर, शक्ति वाईबा, प्रकाश अधिकारीलगायतले दनुवारलाई पार्टीमा स्वागत गरेका थिए ।




प्रतिक्रिया