काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले नेपालको स्थानीय उत्पादनले बजार पाउनुपर्नेमा जोड दिएका छन् । आज रास्वपाले इटहरीमा आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले तरकारी पारीको (भारत) को खानुपरेको भन्दै अब पूर्वी पहाडका उत्पादनले बजार पाउनुपर्ने बताएका हुन् ।
सम्बोधनको सुरुमै चिया इलाम र दमकको पिएको भएपनि तरकारी कहाँको खानुभएको हो भनेर स्थानीयवासीलाई प्रश्न सोधे । उनले भने,‘‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया, खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो । हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’




प्रतिक्रिया