रास्वपा बाग्मतीका उपभापति होमागाईं कांग्रेसमा प्रवेश


काठमाडौं, १२ फागुन । रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश होमागाईंले पार्टी परित्याग गरेका छन् ।

उनी आजै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस सभापति गगनकुमार थापाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

२०७९ को निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका होमागाईँले १० हजार ५ सय ७३ मत ल्याएका थिए ।