प्रचण्डले बोलाए निर्वाचन परिचालन समितिको बैठक


काठमाडौं, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बोलाएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारी र समिक्षा गर्न नेकपाले बैठक बोलाएको हो ।

बैठक भोलि (बिहीबार) दिउँसो २ बजे पेरिसडाँडामा बस्नेछ । योबीचमा दाहालले पार्टीको तल्लो कमिटीबाट प्राप्त रिपोर्टको समिक्षा गरिसकेका छन् । नेकपाले भोलि नै पार्टीको अपिल पनि जारी गर्ने भएको छ ।