कञ्चनपुर-१ मा प्रलोपाका उम्मेदवार शाही नेकपामा प्रवेश, बिना मगरलाई सघाउने


काठमाडौं, १३ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा कञ्चनपुर-१ का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । उनी प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ताहरु आज नेकपामा प्रवेश गरेका हुन् । यो क्षेत्रमा नेकपाबाट पूर्वमन्त्री बिना मगर उम्मेदवार छिन् । नेकपामा मगरले नै उनीहरुलाई स्वागत गरेकी हुन् ।