बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


काठमाडौं, फागुन १४ । हिजो स्थिर रहेको सुनको भाउ आज भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला तीन लाख १५ हजार चार सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन चाँदी पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।