राजपरिवारका सदस्य सडकमा उत्रिने तयारीमा रहेको दुर्गाको दाबी


काठमाडौं, फागुन १४ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रसाईंले राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि राजपरिवारका सदस्यहरु सडकमा उत्रने तयारीमा रहेको बताएका हुन् । उनले देशलाई युक्रेन हुनबाट रोक्न फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा प्रसाईंले लेखेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भइ राष्ट्रलाइ युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौँ ।’

राष्ट्र, धर्म र नागरिकको सुरक्षा साझा जिम्मेवारी भएकाले सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन उनले अनुरोध गरेका छन् ।