काठमाडौं, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा–३ का उम्मेदवार राजेन्द्र लिङ्देनले व्यक्तिगत रुपमा र आफ्नो क्षेत्रमा निर्वाचनको माहोल हेर्दा अहिले विगतभन्दा एकदमै सहज महशुस भएको बताएका छन् । अहिले आम मतदाताहरुको माझमा जाने क्रम जारी रहेको उनको भनाई छ ।
आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले निर्वाचन आँफैमा चूनौतिपूर्ण भएपनि पार्टीको लागि अवसरमा बदल्ने कोशिस भइरहेको बताए । उनले राप्रपाले राम्रो तयारी गरेको भन्दै अप्रत्यासित नतिजा ल्याउने दाबी गरे ।
उनले राप्रपाले अघिल्लो निर्वाचनभन्दा असाध्यै राम्रो परीणाम ल्याउने पनि दाबी गरे । उनले भने,‘राप्रपा आगामी संसद्मा निर्णायक शक्तिको रुपमा उपस्थित हुन्छ ।’ आफ्नो निर्वाचन क्षेत्र झापा–३ पार्टीको लागि पनि संगठनात्मक हिसाबले मजबुद क्षेत्र भएको स्मरण गराउँदै लिङ्देनले आफ्नो सहज जित निस्किने दाबी गरे । चुनावी गठबन्धन हुनु वा नहुनुले केही फरक नपर्ने बताउँदै उनले आफूले आम मतदातासँग गठबन्धन गरिरहेको स्पष्ट पारे ।




प्रतिक्रिया