ऋषि धमलाले क्यान्सर रोगबाट थलिएका एक जना बिरामीको भरतपुर अस्पतालमा उपचारको व्यवस्था मिलाए, सबै उपचार खर्च व्यहोर्ने (भिडिओसहित)


काठमाडौं, १४ फागुन । २१ फागुनको प्रतिनिसभाको निर्वाचनमा आम जनता पार्टीबाट रौतहट क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका ऋषि धमलाले क्यान्सर पीडित एकजना विरामीलाई उपचारको लागि पहल गरेका छन् । विगत चार वर्षदेखि क्यान्सरजस्तो गम्भीर रोगबाट थलिएका उनको उपचारको लागि धमलाले भरतपुर अस्पतालमा व्यवस्था मिलाएका छन् ।

ती बिरामी सुरुदेखि नै अशक्त रहेको र आमा–बुवा कोी पनि नरहेको स्थानीयले बताएका छन् । उनको उपचारको लागि यसअघि गाउँलेहरुको पहलमा एकपटक पहल भएको थियो । बिरामी अहिले दिदि–भिनाजुको घरमा बसिरहेका छन् ।

धमलाले आफ्नो फेशबुक पेजमार्फत बिरामीको थप उपचारको लागि पहल गरेको भिडिओसमेत सार्वजनिक गरेका छन् । धमलाले बिरामीको सबै उपचार खर्च व्यहोर्नेपनि प्रतिबद्धता व्यक्त गरेका छन् । सो क्रममा धमलाले सो क्षेत्रका जनताले अब योग्य र सक्षम उम्मेदवारलाई रोज्ने विश्वास दिलाए । धमलाले यसअघि पनि थुप्रै विरामीको लागि उपचारको पहल गरिसकेका छन् ।

https://www.facebook.com/share/v/1NH3e7RGqV