रास्वपाले भोली उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम गर्ने, यस्तो छ रुट


काठमाडौं, फागुन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोली काठमाडौं उपत्यकाका तीन वटै जिल्ला समेट्ने गरी जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम आयोजना गर्ने भएको छ।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शनिबार बिहान साढे छ बजेदेखि पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशाला पार्किङ क्षेत्रबाट सुरु हुने यो अभियान दिनभर काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थान हुँदै बेलुकी साढे छ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समाप्त हुने ।

रास्वपाले शुभचिन्तक तथा सर्वसाधारणलाई कार्यक्रम अवधिभर ट्राफिक नियमको पूर्ण पालना गर्न र गराउन अपिल गर्दै प्राविधिक कारणले समय र स्थानमा केही हेरफेर हुन सक्ने सम्भावना समेत रहेको जनाइएको छ।