काठमाडौं, फागुन १५ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।
नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले आज दिउँसो साढे १२ बजे बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा आयोजना गरेको मतदाता भेटघाट कार्यक्रममा नुवाकोटका दुवै निर्वाचन क्षेत्रका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूको उपस्थिति रहनेछ । कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा नुवाकोटबाट काठमाडौंमा बसोबास गर्दै आएका मतदाताको सहभागिता रहने जनाइएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नुवाकोटको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा १२ जना उम्मेदवार रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नं १ मा हितबहादुर तामाङ र क्षेत्र नं २ मा हिरानाथ खतिवडा उम्मेदवार रहेका छन् ।




प्रतिक्रिया