काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज तीन जिल्लामा चुनावी आमसभाको आयोजना गर्दैछ । पार्टीका अनुसार अहिले बिहान ११ बजे रूपन्देहीको बुटवल, दिउँसो १ बजे बागलुङ बजार र दिउँसो ३ बजे कास्की पोखराको अमरसिंहचौरमा चुनावी सभाको आयोजना गर्न लागिएको हो ।
तीन वटै आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् । पोखराको अमरसिंहचौरमा हुने आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने जनाइएको छ । आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने जनाइएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।




प्रतिक्रिया