उनेपाका उम्मेदवार केसीको समर्थन प्रलोपाका उम्मेदवार जनार्दनलाई


काठमाडौं, १५ फागुन । रूकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । उनले सो क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने भएका छन् ।

शर्मालाई नेकपा (एमाले) को पनि समर्थन छ । कुलमान घिसिङ नेतृत्वको उनेपाको पनि साथ पाएपछि जनार्दनले आफूलाई अझै बलियो महशुस गरेका छन् । यो क्षेत्रमा जनार्दन र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा (अनल) को बीचमा कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।