काठमाडौं, १५ फागुन । रौतहट–४ का प्रतिनिधिसभाका उम्मेदवार ऋषि धमलाले क्यान्सर रोगबाट पीडित अर्का बिरामीको थप उपचारको लागि पहल गरेका छन् । घाँटीमा क्यान्सर भएका पीडितलाई धमलाले आफ्नो पहलमा भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक डा. शिवजी पौडेलसँग समन्वय गरेर थप उपचारको प्रवन्ध गरेका छन् ।
चुनावी घरदैलोको क्रममा भेटिएका वृद्ध डिल्लीप्रसाद दाहाललाई थप उपचारको लागि धमलाले पहल गरेका छन् । दाहालले अहिले किमो चढाईरहेका छन् । कार्यकारी निर्देशक डा. पौडेलले आफूले विशेष रुपमा पहल गरेर उपचार गराउने विश्वास दिलाएका छन् ।







प्रतिक्रिया