नेपाल–चीन सहकार्य र साझेदारी नयाँ उचाईमा पुग्ने प्रधानमन्त्रीको विश्वास


काठमाडौं, १५ फागुन । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । आज (शुक्रबार) सिंहदरबारमा पुगेर चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् । राजदूत माओमिङसँग भेट गर्न पाउँदा खुसी लागेको प्रधानमन्त्री कार्कीको प्रतिक्रिया छ ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले चिनियाँ राजदूतलाई सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । साथै, उनको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने पनि प्रधानमन्त्री कार्कीको विश्वास छ ।

तस्विर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय