मोरङ, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्याल आसन्न निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा आज विराटनगर आइपुगेका छन् । उनी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज अपरान्ह यहाँ आइपुगेका हुन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन छ दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले कुनै हल्ला एवं अफवाहको पछि नलाग्न आग्रह गरे । उनले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको बताए । रासस/file photo




प्रतिक्रिया