भोलि रोल्पाको लिबाङमा नेकपाको चुनावी सभा, प्रचण्डले सम्बोधन गर्ने


काठमाडौं, १५ फागनु । नेपाली कम्युनिष्ट पार्टीले भोलि (शनिबार) रोल्पाको लिबाङमा चुनावी सभाको आयोजना गरेको छ । यो सभाको तयारी पूरा भएको जनाईएको छ । सभालाई पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् ।

रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा सम्बोधन गरेर प्रचण्डले यो निर्वाचनको लागि आफ्नो र पार्टीको तर्फबाट चुनावी अपिल गर्ने भएका हुन् । यसपटकको निर्वाचनमा नेकपाले ठूला ठूला चुनावी सभा नगर्ने भएको छ । सभामा २० हजार भन्दा बढिको सहभागिता रहने जनाईएको छ ।