काठमाडौं, फागुन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको बताएका छन्। खामेनीलाई इतिहासका सबैभन्दा दुष्ट व्यक्तिहरूमध्ये एक भनेर आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा लेख्दै ट्रम्पले इरानी जनता, अमेरिकी जनता र विश्वभरि धेरै मानिसका निम्ति न्याय भएको उल्लेख गरेका छन् ।
“खामेनेईको अन्त्य भएको छ। यो इरानी जनताका लागि मात्र होइन, ती तमाम अमेरिकी र विश्वभरका नागरिकका लागि न्याय हो, जो खामेनी र उनको रक्तपिपासु समूहद्वारा मारिए वा अङ्गभङ्ग पारिए,” ट्रम्पले लेखेका छन्।
अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि पछिल्लो विकासक्रम भएको हो। अमेरिका र इजरेलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ । दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।
अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।




प्रतिक्रिया