काठमाडौं, फागुन १६ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँलाई भक्तपुर स्थित उनको निवासबाटै पक्राउ गरिएको हो ।
प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रहरीले प्रसाईँबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने भएको छ । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका उनलाई प्रहरीले त्यसअघि माघ २३ मा पनि पक्राउ गरेर हाजिर जमानीमा छोडेको थियो ।
त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएर छाडेको थियो। पटक-पटक पक्राउ पर्दै आएका उनलाई प्रहरीले माघ ५ मा पनि पोखराबाट पक्राउ गरेर बयान लिएर छाडेको थियो ।




प्रतिक्रिया