आज बालेन शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र ‘रोड शो’


काठमाडौं, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज झापाकेन्द्रित चुनावी ‘रोड शो’ गर्दै छ । हिजो काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा रोड शो गरेको रास्वपाले आज उक्त अभियान झापामा चलाउन लागेको हो ।

आज रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने भएको हो । रोड शोमा सहभागी हुन बालेन अहिले बिहान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी काँकडभिट्टा जाँदैछन् ।

त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुंगा बजार हुँदै दमक पुग्ने तालिका रहेको जनाइएको छ ।