इरानमाथि आक्रमणको असर : ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं, फागुन १७ । इरानमाथि भएको आक्रमण र सर्वोच्च नेता अली खामेनी मारिएको एकदिनपछि नेपाली बजारमा सुनको मूल्यमा पाँच हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तीन लाख २० हजार ५०० रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ।