रौतहटमा शंकास्पद वस्तु फेला


काठमाडौं, फागुन १८ । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकीको भित्री सडकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। स्थानीय बासिन्दाले सडकमा शंकास्पद वस्तु देखेपछि तुरुन्तै सुरक्षाकर्मीलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै क्षेत्रलाई सुरक्षा घेराभित्र राखिएको र सर्वसाधारणलाई टाढा रहन आग्रह गरिएको छ ।

प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ। टोलीले उक्त वस्तुको प्रकृति, जोखिम र आवश्यक कारबाहीबारे अनुसन्धान गरिरहेको जनाएको छ।