प्रलोपा गण्डकीका अध्यक्ष यज्ञबल्लभ शर्मा नेकपामा प्रवेश


काठमाडौं, १८ फागुन । डा. बाबुराम भट्टराई प्रमुख संरक्षक रहेको र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का गण्डकी प्रदेशका अध्यक्ष यज्ञबल्लभ शर्मा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

आज (सोमबार) नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले शर्मालाई पार्टीमा स्वागत गरेका हुन् । उनले प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै फर्किएको स्पष्ट पारेका छन् । एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्ती पनि आजै नेकपामा प्रवेश गरेका छन् ।