लमजुङ, १८ फागुन । नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड भएको छ ।
जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा आज लमजुङको बेंसीसहर नगरपालिका–७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने बताए ।
नेकपाकोतर्फबाट लमजुङमा उम्मेदवार हरिजङ्ग तामाङले अहिलेको परिस्थितिमा युवालाई खोजिरहेको र आफू पनि युवा रहेकाले जिल्लाको समग्र विकासदेखि युवाको सपना साकार बनाउन आफूलाई मत दिएर जिताउन आग्रह गरे । रासस/file photo




प्रतिक्रिया