रामेछाप जिप दुर्घटना : गम्भीर घाईते ७ जनालाई सेनाको हेलिकप्टरद्धारा काठमाडौं ल्याईयो


काठमाडौं, १८ फागुन । आज निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना भएको छ ।

घट्नास्थलमा एक जना प्रहरी र उपचारको क्रममा अर्को एक जना कर्मचारीको निधन भएको छ । उक्त दुर्घटनामा परी गम्भिर घाईते भएका ७ जना जनालाई नेपाली सेनाको हवाई साधनद्वारा काठमाडौँ ल्याईएको छ । उनीहरुको अहिले उपचार जारी छ ।