काठमाडौं, फागुन १९ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार निर्वाचन आचारसंहितासमेत लागू भइसकेको समयमा चुनाव नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्न खोजेको आरोपमा जोतिष रुद्रनाथ अधिकारीलाई हिजो पक्राउ गरिएको हो ।
उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ भविष्यवाणी गरेका थिए । प्रहरीले उनलाई किर्तिपूर मच्छेगाउँस्थित घरबाट पक्राउ गरेको जनाएको छ ।




प्रतिक्रिया