२५ सयले बढ्यो सुनको मूल्य, सस्तियो चाँदी


काठमाडौं, फागुन १९ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको छ। हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार बढेर ३ लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने आज गिरावट देखिएको छ। हिजो सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँ कायम भएको छ।